adv

दमकमा पाँचौँ दमक महोत्सव हुने

सजन राई

१७ माघ, दमक। झापाको दमकमा पाँचौँ दमक महोत्सव २०८० हुने भएको छ । दमक ७ सयपत्री टोल छेउ रतुवा किनारमा यहि माघ २८ गतेदेखी फागुन १२ गते सम्म महोत्सव सञ्चालन हुने भएको हो ।
बुधवार आयोजक दमक उधोग वाणिज्य संघले संघको सभाहलमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा आयोजक समितिले महोत्सवको लक्ष्य तथा उदेश्य सहित अनुमानित खर्च र आम्दानी विवरण पेश गरेका थिए ।

 

आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा टेवा पुर्याउन कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यापार, व्यवसायको प्रवर्ध्दन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको दमक उधोग वाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाईले जानकारी दिए । उनका अनुसार महोत्सवमा लगभग १ लाख दर्शक भित्र्याउने र ५ करोड सम्मको आर्थिक कारोबार गरी दमक नगर क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा टेवा पुर्याउने रहेको छ ।

दमक महोत्सव २०८०-“प्रदेश स्तरीय औधोगिक व्यापार, पर्यटन एवं कृषि महोत्सव” नाम दिइएको महोत्सवको लागि अनुमानित ९८ लाख खर्च, १ करोड ३ लाख ५० हजार आम्दानी तथा ५ लाख ५० हजार बचत रहेको छ भने बचतलाई दमकमा रहेको इलम प्रशिक्षण केन्द्र भौतिक पुर्वाधार निर्माणमा खर्च गरिने संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव संयोजक राजु खड्काले बताए ।

उनले एक सय ५१ मूल आयोजक समिति सहित विभिन्न उप-समितिहरु गठन गरी सकिएको र अब सबै क्षेत्रबाट प्रचार प्रसारलाई तिव्रता दिन सहयोग गर्न अनुरोध गरे ।

महोत्सवको मुख्य आकर्षण नेपाल लगायत छिमेकी देश भारतमा रहेको नेपाली मूलका कलाकारहरुको प्रस्तुति, विभिन्न कृषि उत्पादनको प्रदर्शनी, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, लागु औषध दुर्व्यसन विरुद्द  कार्यक्रम, प्रवेश टिकटमा स्कुटि उपहार लगायत रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले सुस्त रहेको बजारलाई जुर्मुराउन यो महोत्सव उपलब्धिमुलक हुने बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु