१९ माघ,बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा युवा ब्यबसायी समिल राईले उम्मेदवारी घोषणा गरेका छन् ।बिर्तामोडका स्थापित व्यवसायी राईले फागुन १४ गते हुने संघको निर्वाचनमा कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले कुनै राजनीतिक दलको तर्फबाट नभई स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।
बिर्तामोडमा अलुमिनियम तथा स्टिल फर्निचरको व्यवसाय सञ्चालन गर्ने पहिलो व्यक्ति रहेका ३९ वर्षीय राई स्थानीय व्यवसायीमाझ लोकप्रिय पनि छन् ।
बिर्तामोडमा परिचित अनुहार रहेका समाजसेवी तथा खेलप्रेमी राई किरात राई यायोक्खा बिर्तामोडका सक्रिय सदस्य हुन् ।
झापा ११ एफसी र झापा गोल्ड कपका कार्यसमिति सदस्य रहेका राई बिर्तामोडका सफल र चिनिएका व्यवसायी हुन् । उनले दर्जनौँ सामाजिक संघसंस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
सामाजिक विकृति तथा समस्याहरुको समाधानको विषयमा बोल्ने तथा विपन्नहरुको अप्ठ्यारोमा सदैव लागिपर्ने राई अभियन्ता समेत हुन् ।
उनी हाल झापा जिल्ला अलुमिनियम तथा स्टिल व्यवसायी संघका अध्यक्ष रहेका छन् ।

