adv

अनेरास्ववियु इलामद्वारा माङसेबुङका विधार्थीलाई न्यानो कपडा वितरण

माङसेबुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन इलामले माङसेबुङ-२ पावा स्थित श्री सरस्वती आधारभूत विधालयका विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

विधालयमा एक कार्यक्रमका बिच अनेरास्वियु इलाम अध्यक्ष सचिन जङ रायमाझी,माङसेबुङ खेलकुद समन्वय समिति अध्यक्ष अतित योङहाङ लगायतको टोलिले ३४ जना विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको विधालयका सह-प्रधानाध्यापक अरुण कुमार राईले जानकारी दिए ।

उनले यस्तो कार्यले समाजमा राम्रो सन्देश जाने साथै विपन्न परिवारका विधार्थीहरुलाई राहत पुग्ने हुँदा सबै मिलि निरन्तरता दिनु पर्नेमा जोड दिए ।

पर्याप्त मात्रामा विधार्थीको आवश्यकता अनुसार सामग्री उपलब्ध गर्न नसकेपनि अब आउने दिनहरुमा पर्याप्त सामग्री सहित विधालयहरुमा पुग्ने र अन्य सामाजिक संघ संस्थाहरुले पनि यस्ता कार्यलाई अवलम्बन गर्नुका साथै निरन्तरता दिनुर्ने माङसेबुङ खेलकुद समन्वय समिति अध्यक्ष अतित योङहाङले बताए ।

कार्यक्रममा वडा नम्बर २ का निर्वाचित वडा सदस्य मणि प्रासद राई, प्रधानाध्यापक अम्बिकाप्रसाद राई, अन्य शिक्षकहरु तथा  अभिभावकहरूको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु