adv

प्रदेश सरकार र आन्दोलनकारीबीच वार्ता हुने

२४ माघ, दमक ।


कोशी नाम खारेजी र प्रदेश नं १ को पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत पक्षले प्रदेश सरकारसँग वार्ता गर्ने भएको छ ।

केदार कार्की नेतृत्वको प्रदेश सरकारले आन्दोलनरत पक्षलाई औपचारिक वार्ताका लागि पत्राचार गरेसँगै केही ढिलोगरी आन्दोलनकारी पक्ष वार्ताका लागि तयार भएको हो ।

बुधबार प्रदेश नं १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले वार्ताको लागि ठोस समिति गठन गरेको जनाउ दिएको हो ।

संघर्ष समितिको बुधबारको बैठकले आन्दोलनरत घटका नेताहरु सम्मिलित ११ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

प्रदेश सरकारले पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । टोलीमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिवको रूपमा रहेका छन् ।

फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नामाकरण गरेर पहिचानको माग असफल पारेसँगै प्रदेश सभाका सदस्य र मुख्यमन्त्री, मन्त्रीहरुलाई आन्दोलनकारीले लखेट्दै आएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु