adv

दमकमा ए र बी डिभिजनको प्रतियोगिता हुदै

झापा । झापाको दमकमा ‘ए’ डिभिजन र ‘बी’ डिभिजन ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

आयोजक दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलले हलको तेस्रो वार्षिक उत्सवको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । खेल फागुन ४ र ५ गते दुई दिन चल्ने छ । प्रत्येक वार्षिकोत्सवको अवसर लगायत विभिन्न समयमा धेरै प्रतियोगिता गराइसकेको तिलुङ्छा हलले दोस्रो वार्षिकोत्सवमा ‘बी’ डिभिजन सहित सुपर भेट्रान(५५ वर्ष माथि) आयोजना गरेको थियो भने यस पटक ‘ए’ डिभिजन प्रदेश स्तरीय र ‘बी’ डिभिजन माई पश्चिम झापा गराउन लागेको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ र ‘परिवर्तनको लागि व्याटमिन्टन खेलौ, नयाँ पुस्ता प्राप्त गरौ’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको मुख्य उदेश्य स्थानीय खेलाडी उद्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग गराउनु नै रहेको खेल संयोजक धन कुमार राईले बताए ।

प्रतियोगिताको प्रायोजकमा लर्नियम एजुकेसन कन्सलटेन्सि, दोमुखा पालि घर, क्लासिक म्यूजिक एण्ड स्पोर्ट हाउस, जुनुन स्पोर्टि, एएन स्पोर्ट र व्हाइट पेपर डिजिटल सोलुसन रहेको छ भने मिडिया पार्टनरको रुपमा हरप्रहर न्युज डट कम र नयाँ सन्देश न्युज डट कम रहेको छ ।

प्रतियोगिताको “ए” डिभिजन तर्फ इन्ट्री फि १ हजार ५ सय रहेको छ भने प्रथम पुरस्कार ३० हजार दोस्रो २० हजार र तेस्रो १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ ।

त्यस्तै “बी” डिभिजनको इन्ट्री फि १ हजार रहेको छ भने प्रथम पुरस्कार १० हजार, दोस्रो ७ हजार र तेस्रो ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ ।

खेल बिडब्लुएफको नियम अनुसार खेलाइने आयोजकले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु