adv

नेपाल स्काउट दमक नगर परिषदको सपथ ग्रहण सम्पन्न

२५ माघ,दमक । नेपाल स्काउट स्थानीय स्काउट परिषद दमकले निर्वाचित परिषदका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम दमक १ स्थित दुर्गा मन्दिर सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख तथा स्काउटका संरक्षक राम थापाले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

गत माघ २२ गते स्काउट मास्टर वीच भएको निर्वाचनवाट नेपाल स्काउट स्थानीय स्काउट परिषद दमकको आयुत्तमा साजन श्रेष्ठ चयन भएको थियो भने सदस्यहरुमा पुरुष तर्फ किरण बुढाथोकी, तनिसक थापा, प्रदिप खड्का र विपल लुहार चयन भएका थिए ।
यसै गरी महिला सदस्य तर्फ मुना बजगाई, विधा सुनुवार, रेविका पोखरेल,अदिति निरौला र आरती श्रेष्ठ रहेको स्थानीय स्काउट परिषद दमकको तदर्थ समितिका संयोजक तथा हिमालय मावि दमकका पूर्व प्रधानाध्यापक ओम प्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा सुनुवार र खड्कालाई पदक प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तालिम दलका प्रशिक्षक सकुन्तला सुब्बा, किरण बुढाथोकी र सुनम सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै अहिले स्थानीय संरचना अनुसार पालिकामा रहेको स्काउट मास्टरबाट नेतृत्व चयन हुने गरेको स्काउटका मास्टरहरुले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु