adv

दमक महोत्सव तयारी पूरा

२७ माघ, दमक ।

झापाको दमकमा भोलि आइतबारबाट शुरु हुने पाँचौ दमक महोत्सवको तयारी पूरा भएको

माघ २८ गते देखि शुरु हुने पाँचौ दमक महोत्सव२०८० को तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु खड्काले जानकारी दिए

संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाट्न गर्ने सो महोत्सवमा बिकृतीजन्य खेल तमासा समावेश नरहेको संयोजक खड्काको भनाइ छ ।

एक सय भन्दा बढि स्टलहरु बुकिङ भईसकेको जानकारी दिँदै उनले भने -‘यो महोत्सवलाई खास महोत्सव बनाउने अभियानमा छौं ।’

उद्घाटनका दिन महोत्सवस्थल प्रवेश नि : शुल्क गरिएको दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिए ।

स्थानीय जातीय र साँस्कृतिक पहिचानहरुको प्रदर्शनीसहित सुरु हुने महोत्सवमा ख्याति कमाएका कलाकारहरुले प्रस्तुति दिने छन्

महोत्सवमा करोडभन्दा बढीको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष गुरागाईले बताए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु