adv

प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभन्ज्याङलाई

इलाम । इलाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो च्याम्पियन मानेभन्ज्याङ फुटबल क्लब बनेको छ ।

इलामको सदरमुकाम स्थित ठूलो टुडिखेलमा आयोजित प्रतियोगिताको सोमवार फाइनल खेल भएको थियो । फाइनलमा दार्जिलिङ भारतको मानेभञ्ज्याङ फुटबल क्लबले इलामको दिपेन्द्रशिखर फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै उपाधि चुमेको हो ।

मानेभन्ज्याङको जितमा सिम्रन गुरुङ र सुस्मिता लेप्चाले योगदान गरे । खेलको ९औं मिनेटमा नै मानेभन्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । २५औं मिनेटमा सुस्मिता लेप्चाले गोल गर्दै अग्रता दोब्बर बनाइन् । पहिलो हाफमा उत्कृष्ट खेल पस्कदै २ गोलको अग्रता बनाएको मानेभन्ज्याङले दोस्रो हाफमा १ गोल थप्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । ६७ औं मिनेटमा सिम्रन गुरुङले गरेको व्यक्तिगत दोस्रो गोल उपाधि चुम्न पर्याप्त रह्यो । बाँकी समयमा दुवै टोलिबाट कुनै पनि गोल हुन नसक्दा ३-० को अन्तरमा खेल सकियो ।

फाइनल खेलमा २ गोल गरेकी सिम्रन गुरुङ वुमन्स अफ द म्याच सँगै प्रतियोगिता कै उत्कृष्ट फरवार्ड घोषित भइन् ।
त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोल रक्षक मानेभन्ज्याङकी गिर्मि तामाङले हात पारिन् भने उत्कृष्ट डिफेन्डर मानेभन्ज्याङकै विनिता गुरुङ, उत्कृष्ट मिडफिल्डर नव बुद्ध युथ क्लब सप्तरिकी प्रतिक्षा राई, उत्कृष्ट प्रशिक्षक मानेभन्ज्याङका तेन्जिङ नोर्गे र उदीयमान खेलाडी ओएसिस इलामकी आयुषा राई भए ।

विजेता मानेभन्ज्याङले नगद २ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेतामा चित्त बुझाएका दिपेन्द्रशिखरले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए ।
सम्पूर्ण उपाधि विजेता खेलाडीहरुलाई प्रमुख अतिथि इलाम नगर प्रमुख केदार थापा लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
क्लब ओएसिस इलामको आयोजनामा फागुन ३ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल र भारतका आठवटा महिला टोलिको सहभागिता रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु