८ फागुन, फिदिम ।
जनता समाजबादि पार्टी नेपाल (जसपा) निकट प्रेस मञ्च नेपाल पाँचथरको पुनर्गठन भेलाले उपेन्द्र येक्तेनको अध्यक्षतामा ११सदस्यीय समिति पुनर्गठन गरेको छ ।
मंगलबार फिदिममा सम्पन्न पुनर्गठन भेलाबाट इगल एफ एम पाँचथरका स्टेशन म्यानेजर येक्तेनको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा सुम्हात्लुङ एफ एम पाँचथरका स्टेशन म्यानेजर रोहित आङ्बो, सचिवमा पदम दुखी सम्बाहाम्फे र सह सचिवमा सुसान्त सम्बाहाम्फे चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा तागेरा तावा चयन भएका छन् भने अन्य सदस्य रहेका छन् ।
प्रेस मञ्च नेपाल सङ्घीय समितिको गत माघ १३ र १४ गते काठमाडौंमा बसेको तेस्रो पूर्ण बैठकले मातहतका प्रदेश र जिल्ला समितिहरु पुनर्गठन, रूपान्तरण गर्नेलगायत निर्णय गरेको अध्यक्ष कमन देवानले जानकारी दिए ।


