adv

महाधिवेशन तयारीको लागि जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं ९, फागुन ।

जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बैठक बिहिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो । विशेषगरी आगामी जेष्ठ २८, २९ र ३० गतेलाई आह्वान गरिएको जसपाको राष्ट्रिय महाधिवेशन तयारीको लागि कार्यकारिणी बैठक बोलाइएको बालकुमारी स्रोतले जनाएको छ ।

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरुको मस्यौदा तयार गर्न, मस्यौदा समिति गठन गर्न, महाधिवेशनको व्यवस्थापन तयारी समिति बनाउने लगायत पार्टीको अन्य आन्तरिक छलफलको लागि बैठक बोलाइएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

यसका साथै बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत पुष २७ गते सम्पन्न केन्द्रीय समितिको बैठकले जनकपुरमा जसपाको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु