adv

प्रदेश १ मा आन्दोलनकारी र सरकार पक्षबीच दोस्रो चरणको वार्ता जारी

८ फागुन, बिराटनगर । 

सरकार प्रदेश पुनः नामकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता विराटनगरमा सुरु भएको

फागुन १० गते अगावै दुवै पक्षको सहमतिमा पुनः वार्ता गर्ने अघिल्लो वार्ताको सहमति अनुसार दोस्रो चरणको वार्ता सुरु भएको हो । विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार दिउँसो बजेदेखि सुरु वार्ता जारी छ

गत माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा बुँदे सहमति भएको थियो पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएरशान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने आन्दोलनकारीहरूमाथि लगाइएकोमुद्दा सरकारले फिर्ता लिने तथा प्रदेशको पुनः नामकरणको लागि राजनीतिक सहमति जुटाउन पहल गर्नेसहितका सहमति यसअघिभएको थियो

वार्तामा सरकारको तर्फबाट उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री थपिएका छन् । यसअघि भौतिक पूर्वाधार विकासमन्त्रीकमलप्रसाद जबेगु संयोजक रहनेगरी वन वातावरण तथा पर्यटन उप्रेती सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिवलक्ष्मीप्रसाद पौडेलले सदस्य रहने गरी समिति बनाएको थियो

सरकारी वार्ता टोलीका सदस्य रहेका पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती मुख्यमन्त्री केदार कार्कीसँगै झापाबाट सुरु भएकोहात्तीमैत्रीपदयात्रामा सहभागी भएका कारण सरकारले खत्रीलाई वार्ता समितिको सदस्यको जिम्मेवारी दिएको मुख्यमन्त्री तथामन्त्रिपरिषदको कार्यालयले जनाएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु