adv

प्रदेश सरकार र आन्दोलनकारीबीच ३ बुँदे सहमति, फागुनभित्रै निष्कर्षमा पुग्न प्रयास गरिने

९ फागुन, विराटनगर ।

प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता ३ बुँदे सहमति गर्दै सकिएको छ ।

विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार सम्पन्न वार्तामा तेस्रो चरणको वार्तामा दुवै पक्ष निचोडमा पुग्नेगरी तयारी गरेर आउने सहमति भएको हो ।

त्यस्तै पहिलो चरणमा भएको वार्ताको सहमति अनुसार बुँदा नम्बर ३ र ४ लाई सरकारी पक्षले फागुन मसान्तभित्र कार्यान्वयन गर्ने सहमति भएको वार्तापछि दुवै पक्षले हस्ताक्षर गरेको सहमतिपत्रमा उल्लेख छ । सो बुँदाहरुमा आन्दोलनका क्रममा पक्राउ परेका, मुद्दा लागेका आन्दोलनकारीको मुद्दा फिर्ता लिने र आन्दोलनका क्रममा घाइँते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने उल्लेख थिए ।

गत माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो ।

सहमति  कार्यान्वयनको लागि दुवै पक्षले २-२ जना सदस्य रहनेगरी कार्यदल गठन गर्ने बुधबारको वार्तापछि सहमति जुटेको हो ।

वार्तामा सरकार पक्षका वार्ता संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु, उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमारखत्री,  आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सहभागी थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु