adv

तेस्रो याक्थुङ साम्लो महोत्सव फागुन १८ देखि दमकमा

सजन राई

१० फागुन, दमक ।

झापाको दमकमा तेस्रो याक्थुङ साम्लो महोत्सव-२०८० लाग्ने भएको छ ।

फक्ताङलुङ साँस्कृतिक मञ्च ललितपुरको आयोजनामा फागुन १८ र १९ गते महोत्सव हुने भएको हो ।

बिहीवार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरी महोत्सवको विषयमा आयोजक समितिले जानकारी दिएको थियो ।

“याक्थुङ साम्लो साम्लोरिलो, साम्लोइ लोइ लाम्लोरिरो” भन्ने मुल नाराका साथ दमकको पशुहाटमा सञ्चालन हुने महोत्सवको पूर्व तयारी भइरहेको मञ्चका अध्यक्ष तथा कार्यक्रममा संयोजक पूर्ण कुमार शेर्मा यादनले बताए ।

उनले लिम्वू समुदाय भित्रको लोपन्मुख, गीत संगीत र कलालाई उजागर गर्दै यसको उत्थान,संरक्षण र सम्बर्द्धन गरि विश्वव्यापी रुपमा प्रचारप्रसार गरि पछिल्लो पुस्तासम्म पुर्याउनु महोत्सवको मुख्य उदेश्य रहेको साथै महोत्सवलाई पछिल्लो संस्करणमा समय अनुसार परिमार्जन गर्दै लाने बताए ।

लिम्वूहरुको मौलिक संस्कृति तथा मुन्धुमी लोक साम्लो गीत, पालम, ख्याली, हाक्पारे, धान नाच, केलाङ, येबा लाङ, येमा लाङ, थेबा लाङ, युमा लाङ लगायत साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका लिम्बू कलाकारहरुको प्रस्तुति महोत्सवको विशेष आकर्षण रहने आयोजक समितिले जानकारी दिए ।

करिब १५ लाख लागत लाग्ने अनुमान गरिएको महोत्सवमा १५ हजार दर्शकले अवलोकन गर्ने गरी प्रसारप्रसार सुरु गरेको आयोजक समितिका विक्रम वनेमले बताए ।

प्रवेश नि:शुल्क रहेको महोत्सवमा याक्थुङ साम्लोमा माङसिवाखाहुन र लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के विषयक कार्यपत्र भने फागुन १९ गते दमकको किरात भवनमा प्रस्तुत हुनेछ ।

यसअघि हाक्पारे पालाम महोत्सव भनेर पहिलो पटक पाँचथरको फिदिम र दोस्रो तेह्रथुमको म्याङलुङमा सम्पन्न भएको थियो । हाक्पारे पालाम महोत्सव नामले हाक्पारे र पालामलाई समेट्ने हुँदा तेस्रो संस्करणमा नाम परिवर्तन गरिएको आयोजकले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु