adv

माङसेबुङमा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

सजन राई ।

माङसेबुङ । इलामको माङसेबुङमा जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ । माङसेबुङ-२ चित्रे स्थित डोलटार खेल मैदान आयोजित प्रतियोगिताको उद्घाटन शनिवार जिल्ला समन्वय समितिका अध्यक्ष जय प्रकाश राईको प्रमुख आतिथ्य र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

फागुन १२ देखि १४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन सत्रमा जिल्लाका १० वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष सम्मका विद्यार्थीले सहभागिता जनाएका छन् ।प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट सञ्चालन भइरहेको छ भने एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु खेल सञ्चालन भइरहेको छ ।

पहिलो दिनको खेलमा काता पुरुष तर्फ प्रथम स्थान ओगट्न सफल आर्यन सुनुवार इलाम नगरपालिका, द्वितीय स्थानमा प्रतिक वस्नेत रोङ गाउँपालिका र तृतीय स्थानमा सलश्रीत राई देउमाई नगरपालिका सहित सायोन राई माङसेवुङ गाउँपालिका रहेका छन् भने महिला तर्फ प्रकृति राई रोङ गापा, द्वितीय एन्जीसा राई माङसेबुङ गापा र तृतीय सृजना तामाङ सूर्योदय नपा सहित सलिना राई चुलाचुली गापा रहेका छन् ।

त्यसैगरी ४० केजि महिला कुमुते फाइट तर्फ कृष्टीना याख्या इलाम नपा पहिलो साया राई माङ्सेबुङ गापा दोस्रो र साक्षि बस्नेत रोङ गापा साथै मेटीयस लिम्बू सुर्योदय नपा रहेका छन् । ४५ केजि महिला कुमुते फाइट तर्फ इलाम नपाकी नम्रता श्रेष्ठ पहिलो, रोङकी प्रश्ता कट्टेल दोस्रो र चुलाचुली गापाकी हेलीना राई र सूर्योदय नपाकी मेटीओन राई तेस्रो भइन ।

त्यस्तै ५० केजि तौल समूहमा पहिलो योलिना ठकुरी इलाम नपा, दोस्रो मौसम रोकाय सूर्योदय नपा र तेस्रो कृति राई रोङ गापा र आशीका राई चुलाचुलि गापा भए । ५५ केजि तौल समूहमा प्रथम सनिषा धामी सूर्योदय नपा, दोस्रो पुनम मगर माई नपा र तेस्रो नेन्सी बास्कोटा रोङ गापा र अमिता श्रेष्ठ देउमाई नपा भए भने ६० केजि समूहमा प्रथम स्मृती राई चुलाचुली गापा, दोस्रो सोनीया राई ईलाम नगरपालिका र तेस्रो सृजना तामाङ सूर्योदय नपा र जिसिदा मगर माई नपा भए ।

पुरुष कुमुते ५२ केजि समूहमा विजेता बन्न सफल क्रमशः प्रतिक बस्नेत रोङ, वेनुप बराल चुलाचुली र इशक फूँयाल ईलाम, अभिषेक तामाङ देउमाइ रहेका छन् ।

१५०० मिटर पुरुष दौडमा कुशल देवान इलाम नपा प्रथम, करुण राई फाकफोक्थुम गापा दोस्रो, सुगम दियाली सन्दकपुर गापा तेस्रो साथै महिला तर्फ सनिता राई माईजोगमाई गापा प्रथम, इन्द्रमाया निरौला फाकफोक्थुम गापा दोस्रो, अनिसा शंकर माई नपा तेस्रो भए ।

१०० मिटर दौड पुरुष तर्फ बिकास लिम्बू इलाम नप प्रथम, सुजल प्रधान सूर्योदय नपा दोस्रो, निरोज लिम्बू देउमाई नपा तेस्रो र महिला तर्फ स्मिता रोका फाकफोक्थुम गापा प्रथम, सृजना थापा माई नपा दोस्रो, मलिका बासतोला इलाम नगरपालिका तेस्रो भए ।

छेलो सटपुटमा पुरुष तर्फ निश्चल राई माङ्सेबुङ गापा प्रथम, सनम राई इलाम नगरपालिका दोस्रो, माहाङ लिम्बू माई जोगमाइ गापा तेस्रो भए भने महिला तर्फ सुस्मिता लुइँटेल इलाम नगरपालिका प्रथम, उमा लाप्चा सूर्योदय नगरपालिका दोस्रो, मेलिना राई रोङ गापा तेस्रो भए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु