adv

झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल चयन


१३ फागुन,मेचीनगर ।
झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल चयन भएका छन् ।

झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत दर्जनौँ संघसंस्थामा आवद्ध ढकाल झापाका अग्रज खेलप्रेमी उद्योगी तथा खेलप्रेमी भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् ।


संघका अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको अधिवेशनले संघको उपाध्यक्षमा दिपक घिमिरे र कुमार गिरी, कोषाध्यक्षमा दिलु सुब्बा, सचिवमा तीर्थराज ढकाललाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा श्रीप्रसाद धिताल, रामअवतार घिमिरे, शैलेन्द्र कुरुम्बाङ, कपिल क्षेत्री, जीवनकुमार श्रेष्ठ र एलपी साँवालाई चयन गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

अधिवेशनलाई प्रदेश नः१ का सदस्य भवानी आङदेम्बे, प्रकाश राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु