adv

इलाम नगरपालिकालाई १४औं राष्ट्रपति रनिङ शिल्डको उपाधि

सजन राई ।

इलाम । इलाम जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ ।

माङसेबुङ २ चित्रे स्थित डोलटार खेल मैदानमा सम्पन्न प्रतियोगितामा इलाम नगरपालिकाले २५ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित उपाधि हात पारेको हो । इलाम नगरपालिकाले लगातार दोस्रो पटक स्वर्ण पदक विजेता बन्दै नगद रु १५ हजार सहित रनिङ शिल्ड प्राप्त गरेको छ ।

प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्न सफल रोङ गाउँपालिकाले रजत पदक ट्रफि सहित नगद रु १२ हजार साथै ११ स्वर्ण, २० रजत र २६ कास्य पदकसहित तेस्रो स्थान ओगटेका सूर्योदय नगरपालिकाले कास्य पदक ट्रफि सहित नगद १० हजार प्राप्त गरे ।

त्यसैगरी ७ स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित फाकफोकथुम गाउँपालिका चौथो, ४ स्वर्ण, ५ रजत र ९ कास्य सहित चुलाचुली गाउँपालिका पाँचौ, ३ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित माईजोगमाई गाउँपालिका छैठौं र ३ स्वर्ण, १ रजत र ३ कास्य सहित माङसेबुङ गाउँपालिका सातौं भएको भएको छ भने २ स्वर्ण, १ रजत र १४ कास्य पदक सहित माई नगरपालिका आठौं, १ रजत र २ कास्य पदक सहित देउमाई नगरपालिका नवौं तथा १ रजत र १ कास्य पदक सहित सन्दकपुर गाउँपालिका दशौं भएका छन् ।

प्रतियोगिताकै अनुशासित पालिकाको ट्रफि माइजोगमाई गाउँपालिकाले पाए भने सूर्योदय नगरपालिकाले उत्कृष्ट मार्चपासको ट्रफि हात पारे ।

विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल तथा विशिष्ट अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पुरस्कार प्रदान गरेका थिए ।

फागुन १२ देखि १४ गते सम्म जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको व्यवस्थापनमा भएको प्रतियोगिता अन्तरगत एथलेटिक्सतर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य, भलिबलतर्फ २ स्वर्ण र २ रजत, तेक्वान्दोतर्फ १२ स्वर्ण, १२ रजत र १२ कास्य, कबड्डीतर्फ २ स्वर्ण, २ रजत र २ कास्य, सितोरियो कराँतेतर्फ १२ स्वर्ण, १२ रजत र १२ कास्य साथै उसुतर्फ १२ स्वर्ण, १२ रजत र १२ कास्य पदकका लागि प्रतिष्पर्धा भएको थियो ।
जिल्लाका १२ कक्षा सम्म अध्ययनरत १८ वर्ष सम्मका छात्र तथा छात्राहरुको सहभागिता रहने प्रतियोगिता
गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन हुन थालेको हो । प्रतियोगितामा जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको १५औं संस्करण माई नगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुने गरी झण्डा हस्तान्तरण भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।
गत वर्ष १३औं संस्करण फाकफोकथुम गाउँपालिकामा सञ्चालन भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु