adv

भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौँ । प्रख्यात गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ। घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार मंगलबार गरिने छ। राजधानीस्थित संगीत तथा नाट्य प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिका लागि उनको शवलाई राखेर अन्तेष्टि गरिने जानकारी पारिवारिक स्रोतले दिएको छ।

८१ वर्षीय भक्तराजका दुई छोरा सत्य-स्वरुप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन्।

थुप्रै गीत तथा भजन गाएका भक्तराजलाई भजन शिरोमणिका उपमाले पनि चिनिन्छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु