adv

झापा गोल्डकपको उद्घाटनको दिन अस्मिता र महेशको प्रस्तुति रहने


बिर्तामोड ।
अर्ना छैटौँ झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा गोल्डकप समितिले जनाएको छ । गोल्डकपको पूर्वसन्ध्यामा बिर्तामोड नगरमा सरसफाई गरिएको छ । झापा गोल्डकप आयोजक समितिसहित विभिन्न संघसंस्था र सुरक्षाकर्मीको सहभागितामा आज बिहान बिर्तामोडमा सरसफाई गरिएको हो । बिर्तामोडलाई सफा र सुन्दर बनाउने काम भइरहेको छ ।

यसैबीच, गोल्डकपको उद्घाटन अवसरमा कलाकार महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । दर्शकलाई फुटबलसँगै सांगीतिक मनोरञ्जन दिने उद्देश्यले आयोजकले कलाकारद्वयलाई रंगशालामा उतार्ने भएको हो ।

यस्तै, धुलाबारीको इष्ट होराइजन स्कुलका विद्यार्थीहरुले पनि सांस्कृति कार्यक्रम प्रस्तुत गर्ने आयोजकको तालिका रहेको छ । झापा गोल्डकपको छैटौँ संस्करण पर्सि फागुन १९ गतेदेखि सुरु हुँदैछ ।


उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ एफसी र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको तर्फबाट झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ । फागुन २८ गते हुने फाइनल खेलको विजेताले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु