adv

बुधबारबाट मतदाता नामावली अद्यावधिक कार्य सुरु

१७ फागुन, माङसेबुङ ।


आउँदो बैशाख १५ गते सम्पन्न गर्ने गरी उप निर्वाचनको मिति सार्वजनिक भएसँगै निर्वाचन आयोगले सोमबारबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ ।

बुधबारबार काम थालेको आयोगले सात दिनसम्म मतदाता नामावली अध्यावधि कार्य गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको हो ।

यी दुई निर्वाचन क्षेत्रका लागि आयोगले आउँदो फागुन २८ गते आफ्नो वेबसाइटमार्फत मतदाताहरुको नामावली सार्वजनिक गर्ने जनाएको छ ।

निर्वाचन आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले २०८१ बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा उप निर्वाचन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । सरकारको औपचारिक निर्णयसँगै आयोगले उप निर्वाचनका लागि हिजो सोमबारबाट नै निर्वाचन कार्यतालिकाको काम थालेको हो ।

इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ १ प्रदेश निर्वाचन क्षेत्र १ का पृथ्वीबहादुर सिंहको निधन भएपछि ती क्षेत्रमा उप निर्वाचन हुन लागेको हो ।

उप निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता २०८० फागुन २४ गते देखि ३० गते सम्म गरीसक्नु पर्ने आयोगको सूचनामा छ ।

आयोगको कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिएका छन् ।

आयोगले २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने छ भने चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गर्ने कार्यतालिका छ ।

उम्मेदवारले २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म चुनवाी प्रचारप्रसार गर्न पाउने छन् । १३ र १४ गते भने मौन अवधि हुनेछ ।

२०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु