१७ फागुन, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको बौद्धिक पेशाकर्मी महासङ्घको राष्ट्रिय सम्मेलन हुने भएको छ ।
पार्टीनिकट बौद्धिक पेसाकर्मी् महासङ्घ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । महासङ्घ पुनर्गठन तयारीसमितिको बैठकले २०८१ बैशाख ८ गते वीरगञ्जमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
साथै बैठकले राष्ट्रिय सम्मेलनबाट सङ्गठनको विधान पारित गर्ने निर्णय समेत गरेको महासङ्घ पुनर्गठन तयारी समितिका सदस्यसचिव विनोद विश्वकर्माले जानकारी दिए ।
जसपाको विधानको परिच्छेद २४ को धारा ११९ को उपधारा २ बमोजिम बौद्धिक पेसाकर्मी महासङ्घअन्तर्गत प्राध्यापक, कानुनव्यवसायी, चिकित्सक, स्वास्थयकर्मी, इञ्जिनियर, प्राविधिक, लेखक, साहित्यकार, शिक्षक, पत्रकार, अडिटरलगायतककापेसाकर्मी सङ्गठन आवद्ध छन् ।