adv

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

३० फागुन, काठमाडौँ ।


प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज बुधबार तेस्रो पटक पनि विश्वासको मत पाएका छन् । यद्यपि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको यसै कार्यकालमा पाएको तेस्रो पटकको विश्वासको मतमा मत संख्या भने घटेको छ ।

बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विश्वासको मत सम्बन्धि मत विभाजनका क्रममा प्रम दाहालले १५७ मत पाए । संसदको कुल २६८ मत संख्या रहेकोमा दाहालको विपक्षमा ११० मत परेको थियो भने एक जना सांसद भने तटस्थ बसेका छन् ।

अघिल्लो वर्षको पुषमा नेपाली काँग्रेससँग गठबन्धन गरेर दाहालले दोस्रो पटक विश्वासको मत पाएका थिए भने गत फागुन २१ गते उनले काँग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नायाँ गठबन्धन सरकार बनाएर आज (बुधबार) विश्वासको मत लिएका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु