adv

संस्थापक अध्यक्ष बारे महासंघ केन्द्रले उल्टो निर्णय गरेको विरोधमा सुनसरी अध्यक्षको उल्टो दौड

चैत्र, धरान ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा गलत निर्णय गरेको भन्दै महासंघका सुनसरी अध्यक्षले उल्टो दौड पूरा गरेर सांकेतिक विरोध जनाएकाछन्

नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले ८. किलोमिटर उल्टो दौडेर विरोध जनाएका हुन्

आफूले घण्टा ४० मिनेटमा सो दुरी पार गरेको अध्यक्ष राईले बताए । ‘संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको इतिहासबारे महासंघ केन्द्रीय समिति  उल्टो गतिम हिँडेको छ । मैले दोस्रो गोर्खा ट्रेल ब्रेजर रन प्रतियोगितामा महासंघको उल्टो गतिविरुद्ध साङ्केतिक बिरोध स्वरूप प्रतियोगितामा उल्टो गतिमा कुदेको हुँ ‘, अध्यक्ष राईले भने ।

निर्धारीत ८.५ किलोमीटर दुरी रहेको रन रत्नचोकबाट सुरु भएर धरान२० स्थित गोर्खा स्मृति पार्कमा समापन भएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु