adv

‘पूर्ण–टुंग आदर्श नागरिक सम्मान महजोडीलाई

विर्तामोड । लोकप्रिय हाँस्य कलाकार महजोडीलाई झापामा सम्मान गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले यो वर्ष अग्रज कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई संयुक्त रुपमा सम्मान गरेको हो ।

प्रतिष्ठानले यो वर्ष पूर्ण–टुंग स्मृति प्रतिष्ठानको सहयोगमा महजोडीलाई आज बिर्तामोडमा ‘पूर्ण–टुंग आदर्श नागरिक सम्मान २०८०’ बाट सम्मान गरेको हो ।

बस्नेतको आमा पूर्णकुमारी समेतको स्मृतिमा स्थापित अक्षयकोषबाट जय नेपाल प्रतिष्ठानमार्फत कार्यक्रमका प्रमुख अतिथि भारतीय नाट्यकर्मी सीके श्रेष्ठले महजोडीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतका अनुसार सम्मानित आदर्श नागरिकलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ताम्रपत्रद्धारा सम्मान गरिएको हो ।

पुरस्कृत प्रतिभा हरिबंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफुबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने उद्घोष गरे । मदनकृष्ण श्रेष्ठसँगको ४४ बर्षको सहयात्राले आफुलाई यो स्थानमा पु¥याएको भन्दै उनले मित्रताको दीर्घकालिन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताए ।

अर्का प्रतिभा मदनकृष्ण श्रेष्ठले हरिबंश आचार्य उनले अहिलेसम्म पाएको मध्ये सबैभन्दा ठुलो पुरस्कार रहेको बताए । उनले आदर्श नागरिक सम्मानका रुपमा आफुलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

पुर्ण–टुङग स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु