adv

दमकमा नमूना ब्याडमिन्टन कभर्डहलको उद्घाटन

सजन राई । चैत ९, दमक । झापाको दमकमा नयाँ ब्याडमिन्टन कभर्डहलको उद्घाटन सँगै कभर्हडल सञ्चालनमा आएको छ ।


दमक ७ रतुवा खोला किनारमा रहेको नमुना बस्ती छेउमा निर्मित कभर्ड हलको नाम दमक नमुना ब्याडमिन्टन एकेडेमि रहेको समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रकाश विराहाङ राईका अनुसार वैशाखमा भव्य उद्घाटन सँगै एकेडेमि पनि सञ्चालन हुनेछ भने अहिले सामान्य रुपमा खेल सुचारु होस भन्ने उद्देश्यले समुद्घादन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दमक नगर प्रमुख राम थापा भन्छन् “ब्याडमिन्टनको इतिहासमा दमकले मनोज राई र घनेन्द्र सुब्बालाई बिर्सनु हुदैन जसले ब्याडमिन्टनको क्षेत्रमा दमकलाई ठूलो योगदान दिएका छन् ।” उनले सुरुमा नमुना कभर्ड हल बन्न गार्हो जस्तो देखिए पनि समितिको निरन्तर मिहिनेत साथै स्थानीय तथा प्रदेश सरकारको सहयोगले हलले पूर्णता पाएको बताए ।

खेलकुदले स्वास्थ्यमा सबैभन्दा ठूलो भूमिका खेल्नेभएकोले ६०/६५ वर्ष उमेर समूहका मानिसहरु ३०/३५ वर्षका जस्ता देखिन्छ जसले गर्दा यस क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने कार्यक्रमका विशिष्ट अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराईले बताइन् । उनका अनुसार विकास र समृध्दिलाई सँगसँगै लगे खेलकुद लगायत शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा टेवा पुग्छ ।

 

अढाई करोडको इस्टिमेट रहेको हलको हालसम्मको लागत डेड करोड रहेको दमक ७ वडा अध्यक्ष भिम पौडेलले जानकारी दिए । उनका अनुसार हलमा पाराफिट र पार्किङ क्षेत्रमा ब्लक लगाउना बाँकी नै रहेको छ ।

कार्यक्रममा दमक नगरपालिका इन्जिनियर अनन्त सेनेहाङ, पूर्व दमक नगर खेलकुद विकास समिति अध्यक्ष केन्द्र प्रसाई, पूर्व एसएसपि भरतबाबु कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिले नयाँ वर्षको अवसर पारेर यहीँ वैशाख १ गते प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको र यस्को अनुमानित लागत १० लाख ७१ हजार रुपैयाँ रहेको जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु