२२ चैत, काठमाडौँ ।
मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित ३ जना कलाकार पक्राउ परेकाछन् ।
गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काटमाडौंले जानकारी दिए ।
उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेकाथिए ।
होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गायक राईसहित जाँड खाएर बसेको समूहले सम्झाउन पुगेको प्रहरी टोलीलाई सरुवा गरिदिने धम्की दिएको उच्च प्रहरी स्रोतको दावी छ ।