adv

जसपाले बाँकेकी खानलाई समानुपातिक सांसद पठाउने

२२ चैत, काठमाडौँ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य सिफारिस गर्ने भएको छ ।

खानलाई समानुपातिक सांसद सिफारिसको निर्णय गर्न अहिले पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक बालकुमारीस्थितकेन्द्रीय कार्यालयमा बसिरहेको छ ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारी अनुसार बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्ननिर्वाचन आयोगलाई पत्राचार गर्नेछ ।

जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेकोहो ।

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ झापाकी शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधनभएपछि जसपाले बन्द सूचीका आधारमा अन्सारीलाई पठाएको थियो । तर अन्सारीको पनि गत चैत ४ गते काठमाडौँको सिभिलअस्पतालमा निधन भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु