adv

बिहानी जीवन विकासको पूनर्ताजगी तालिम

२९ चैत, माङसेबुङ ।


जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडअन्तर्गतको बिहानी जीवन विकास केन्द्रको पूनर्ताजगी तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

माङसेबुङ ३ ढुङ्गे मानपुर टोलमा रहेको केन्द्रमा बुधवार एक कार्यक्रमका बीच तालिम सम्पन्न भएको हो । सो अवसरमा अभिभावक भेला गरी विचार विमर्श गरिएको केन्द्र प्रमुख कविता राईले जानकारी दिइन् ।

चिसोपानी शाखाअन्तर्गतको यस केन्द्रमा पहिलो पटक साक्षरता कार्यक्रम हुँदा सदस्यहरुमा थप उर्जा मिलेको प्रमुख राईको भनाइ थियो ।

शाखाका प्रमुख नगेन्द्र कार्कीका अनुसार लघुवित्त सम्बन्धि विभिन्न समस्याहरु आइरहेका र ती विषयहरुमा आएका विभिन्न गुनासा बारे छलफल गरिएको हो । लघुवित्त बारेको भ्रम हटाउन कार्यक्रम उपलब्धिमूलक बनेको आयोजकको भनाइ छ ।

चिसोपानी शाखाबाट सञ्चालित यस केन्द्रमा २० जना सदस्य रहेको र ६२ लाख भन्दा धेरै लगानी रहेको र १० लाख भन्दा धेरै बचत रहेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु