adv

जसपाले प्रतिनिधि निर्वाचन निर्देशिका तयारीको जिम्मा दियो लालबाबुलाई

३ बैशाख, काठमाडौँ ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पार्टीको राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि प्रतिनिधि निर्वाचन निर्देशिका तयार गर्न मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आइतबार पार्टी कार्यालय बालकुमारीमा सम्पन्न जसपाको केन्द्रीय कार्यकारिणी बैठकले प्रतिनिधि चयनका लागि निर्वाचन निर्देशिका तयारीका लागि गठन गरेको समितिमा कार्यकारिणी सदस्य शिवलाल थापा र पार्टी प्रवक्ता मनिष कुमार सुमन सदस्य छन् ।

गत पुषमा महिनामै आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने बारे जसपाले निर्णय गरेको थियो ।

तोकिएकै मितिमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कार्यकारिणी बैठकले पार्टीको सङ्गठित सदस्यता लगायत वैशाख ३ गतेभित्र सङ्कलन गरिएका अभिलेख मात्रै महाधिवेशनमा प्रतिनिधि चयनका लागि मान्य हुने निर्णय गरेको हो ।

महाधिवेशन लक्षित कार्यतालिकाअनुसार वैशाख १० गतेभित्र सङ्गठन विभागले आवश्यकता अनुसार सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने, सङ्गठित सदस्यतामा त्रुटि देखिएमा वैशाख १५ भित्र सच्याउनु पर्ने, १६ गते सङ्गठित सदस्यताको अभिलेख सार्वजनिक गरिने उल्लेख छ ।

वैशाख १७ देखि २० सम्म सङ्गठित सदस्यतामाथि उजुरी दिन सकिने र २१ गतेदेखि २५ भित्र परेका उजुरीमाथि छानबिन गर्ने समयसीमा तोकिएको छ ।

जसपाले महाधिवेशनमा योग्य हुनेगरी वैशाख २६ गते सङ्गठित पार्टी सदस्यहरूको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको हो ।

कार्यतालिकाअनुसार वैशाख ३० गतेदेखि जेठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन सम्पन्न गरिसक्नु पर्ने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु