adv

छैठौँ मेजर टङ्क राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ हुँदै

३ बैशाख, दमक ।


छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ ।

सोमबार दमकस्थित थकाली किचेनमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिताको आयोजक दमक लखनपुर भेट्रान फुटबल क्लवले प्रतियोगिता बारे जानकारी दिएको हो ।

बैशाख ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूर्वी जिल्लाका १८ टिम सहभागी हुने छन् ।

कमल ५ स्थित गुह्येश्वरी आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न हुने प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ५५ हजार ५ सय ५५ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगितामा विभिन्न विधागत पुरस्कार र प्रत्येक खेलमा प्लेयर आफ दी म्याचका रूपमा पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् ।

क्लवका आध्यक्ष दिवश राईले दिएको जानकारीअनुसार प्रतियोगिताको लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । बिगत ३ वर्षयता कारोनालागयत विविध कारणले स्थगित प्रतियोगितालाई पुनः सुचारु गरिएको अध्यक्ष राईको भनाइ थियो ।

करिब ८ लाख खर्च हुने सो प्रतियोगिताका लागि प्रथम पुरस्कारको नगद राशी स्व. मेजर टङ्क राईको परिवारले प्रायोजन गरेको हो भने दोस्रो पुरस्कारको नगद राशी दमक लखनपुर भेट्रान क्लबका कप्तान अजिन तुम्बापोले आफ्नो बाबुआमा (वीर–दिल तुम्बापो) को नाममा प्रायोजन गरेको जानकारी दिएका छन् ।

खेल संयोजक मिन मगरका अनुसार टिम संख्यालाई समेत ध्यानमा राखेर प्रतियोगिताका उद्घाटन खेल, सेमी फाइनलका दुई खेल र फाइनल खेल बाहेक हरेक दिन दुई वटा खेल हुने छन् ।

प्रतियोगितालाई टुबोर्ग बियरलगायत दाताहरुले सहयोग गरेको बताइएको छ ।

क्लबका सह–सचिव सुवास आङ्थुपोले सहजीकरण गरेको सो कार्यक्रममा क्लबका पूर्व कप्तान सुनिल तामाङलगायत पदाधिकारी सहभागी थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु