१२ बैशाख, दमक ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा भएको सडक दुर्घटनाका मृतकहरुको पहिचान खेलेको छ ।
बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मृत्यु हुने तीनै जना झापा कमल गउाँपालिका ४ अमलडाँगीका रहेको कमल गउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिएका हुन् ।
मृतक तीन जना अमलगाँडीका २६ वर्षीय मोसम राई (मिन्सु), २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेका गाउँपालिका अध्यक्ष राईले पुष्टि गरेका हुन् । आफ्नो फेसबुक पोष्टमार्फत राईले मृतकहरुको बारे जानकारी दिएका हुन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको प्रदेश १– ००१–००१ च ९३२९ नम्बरको बोलेरो जीपले अनियन्त्रित भई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।