adv

इलाम २ उपनिर्वाचन – चुनाव प्रचारको अन्तिम दिन नेतामय इलाम

१२ बैशाख, चुलाचुली ।


बैशाख १५ को उपनिर्वाचन प्रचार प्रसारको अन्तिम दिन बुधबार इलाम २ नेतामय बनेको छ । बुधबार मध्यरातबाट मौन अवधि लाग्ने भएको कारण आज नै सबै दल र उम्मेद्वारले इलाम क्षेत्र नम्बर २ मा आ–आफ्नै किसिमले चुनावी प्रचारका कार्यक्रमहरु गरिरहेका छन् ।

चुनाव प्रचारका लागि हुने विभिन्न सभा र घरदैलो कार्यक्रममा सहभागी हुन केही दिन यता राजनीतिक दलका शीर्ष नेताहरु इलाम २ मा केन्द्रित छन् ।

एक हप्ता बढी समयदेखि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा इलाम २ मा बसेर आफ्नो दलका उम्मेद्वार डम्बर खड्का जिताउन चुनावी कमाण्डरका रूपमा खटिएका छन् । अर्का महामन्त्री गगन थापाको भनाईमा यो पटक गठबन्धन संस्कृतिलाई अन्त्य गर्दै काँग्रेसले इलाम २ मा चुनावी परिणाम ल्याउने छ ।

चुनावी कमाण्डर शर्मासहित इलाम २ को चुलाचुलीमा मंगलबार काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाको प्रमुख आतिथ्यतामा आमसभा भयो । डा. प्रकाश शरण महतलगायत नेताले भरिभराउ सभामा इलाम, झापा र पाँचथरका काँग्रेसी अगुवा कार्यकर्ताको व्यापक सहभािगता देखिन्थ्यो ।

इलाम २ का मतदाता सामु खड्काका लागि भोट माग्न काँग्रेसका उपसभापति धनराज गुरुङ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला, मोहनबहादुर बस्नेत आएर फर्किउ भने केन्द्रीय सदस्य प्रदीप पौडेल, सीता गुरुङलगायत भने फिल्डमै देखिन्छन् ।

इलाम २ मा विजयको झण्डा गाढ्दै आएको एमालेले अपराजित यात्राको इतिहासलाई निरन्तरता दिने योजनाका साथ फरक किसिमको चुनावी रणनीतिलाई अख्तियार गरेको छ । एमाले उम्मेद्वार सुहाङलाई समर्थन गरेर नेकपा माओवादी केन्द्रले सत्ता समीकरणको धर्म जोगाएकोले पनि एमाले यतिबेला मत संरक्षणमा जोड दिइरहेको छ । किनकि, सम्भावित र बारम्बारको प्रतिद्वन्द्वी काँग्रेस भन्दा यस पटक माओवादी केन्द्रको समेत साथ पाउँदा एमालेले आफूलाई जितको नजिक ठानेको छ ।

सुवासको शालिनताको स्मरण गर्ने तर अन्य प्रतिपक्षीको बारेमा टिप्पणी नगर्ने । एमाले नेतृ शिवमाया तुम्बाहाम्फे आफै यस पटक इलाम २ मा चुनावी नेतृत्वमा छिन् । उनी मनोनयनदेखि प्रचार प्रसारको अन्तिम दिनसम्म पनि उम्मेद्वारका साथमा चुनाव हाँकिरहेकी नेतृ हुन् ।

यसअघि इलामको मंगलबारेमा स्वयम् एमले अध्यक्ष केपी शर्मा ओलीले नै नरम भाषा शैलीका साथ मतदातालाई सुहाङको निम्ति मत गर्न अनुरोध गरेका थिए । बुधबारको अन्तिम चुनावी सभा भने एमालेले इलामको चुलाचुलीमा गर्दैछ । अध्यक्ष ओलीसहित एमालेका शीर्ष नेताहरु अन्तिम चुनावी सभामा सहभागी हुँदैछन् ।

२१ बाट २२ पुर्याउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि इलाम २ मा प्रतिष्ठाको लडाँइमा छ । रास्वपा सभापति रवि लामिछाने बिगत ५ दिनयता इलाम २ का चोकचोकमा भाषणमात्रै गरिरहेका छैनन् । चुनावमा मतदाता प्रभावित पार्न आर्थिक चलखेल भए पाता कस्ने चेतावनी दिँदै गृहमन्त्रीको भूमिकासमेत निभाइरहेका छन् ।

मंगलबार उनले चुलाचुलीमा भाषण गर्दै भनेका थिए –‘मलाई मिडियाले नखेदाएको भए म वडा अध्यक्ष पनि हुन्थेँ कि हुन्थिनँ मलाई थाहा छैन । तर, मिडियाले खेदाएकै कारण म अहिले यहाँ छु ।’ उम्मेद्वार मिलन लिम्बूको पक्षमा भत माग्न यतिबेला रास्वपाका उपसभापति स्वणिम वाग्ले, सांसदहरु सन्तोष परियार, सोबिता गौतम, हरि ढकाललगायत इलाममा देखिन्छन् ।

लिम्बूको चुनावी अभियानमा सह प्रवक्ता रमेश प्रसाईंसँगसँगै र संसद तोसिमा कार्की, डिपी अर्याल, निशा डाँगी, खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ, शिक्षामन्त्री सुमना श्रेष्ठल, सांसद हरि ढकाल, मनिष झा, विन्दबासिनी कंसाकारगायतका नेता पनि इलाम आउँदै जाँदै गर्ने नेतामा पर्छन् ।
एकीकृत समाजवादीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि आफ्ना पार्टीका उम्मेदवार जितबहादुर राईलाई मत माग्न इलाम–२ का विभिन्न गाउँ पुगेका थिए । त्यस्तै प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले समेत उम्मेद्वार राईको पक्षमा मत माग्न इलाम २ मा पुगेका छन् ।

यस्तै, आफ्ना उम्मेदवार लक्ष्मी गुरुङलाई जिताउन यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेता इलाम आएका थिए । जनमतका अध्यक्ष सिके राउत पनि आफ्ना उम्मेदवार प्रेमदीप थाम्सुहाङको मनोनयन मत माग्न इलाम आएका थिए ।

पहिचानवादीको पक्षबाट स्वतन्त्र चुनाव चिन्हमा साझ उम्मेद्वार बनेका डकेन्द्रसिंह लिम्बूको पक्षमा मत माग्न माहोल बनाउन आदिवासी जनजातिजन्य विभिन्न संघसंस्थाका अगुवाहरु इलाम २ मा ढुक्कले प्रचार प्रसार गरिरहेका छन् ।

त्यस्तै, पूर्व मन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीका नेताहरु नियमित चुनावी अभियानमा देखिएका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई आजको चुनावी सभाका लागि इलामको चुलाचुली आउने कार्यक्रम छ ।

लिम्बूको निम्ति उनका छोरा एकदेव लिम्बू र छोरी सुनिता थेगिमले गीत गाएर भाट माग्न सहयोग गरिरहेका छन् । चुलाचुलीको अन्तिम चुनावी सभामा पहिचानवादीहरुको चुनावी सभामा गीत गाउन चर्चित कलाकार राजेशपायल राई र ¥यापर गायक लाहुरे पनि आउँदै छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु