सजन राई ।
माङसेबुङ । इलामको माङसेबुङ ६ स्थित चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखा सहित एञ्जल फाउण्डेशन उर्लावारी र जीवन विकास पब्लिक हेल्थ सेन्टर कटहरिको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
वैशाख २८ गते शुक्रवार सञ्चालन भएको शिविरमा लगभग २५५ जनाले सेवा लिएको आयोजक समितिले जनाएको छ । समितिका अनुसार ५३ जना पुरुष र २०२ जना महिलाहरुले स्वास्थ्य जाँच गराउनु साथै उपचार पाएका पाएका थिए ।
शिविरमा ११ जनाको पायल्सको सर्जरी भएको थियो ।शिविरमा सुगर, प्रेसर, दम, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका विभिन्न रोगहरुको जाँच तथा उपचार सेवा गरिएको जीवन विकास पञ्चमी शाखा प्रमुख नगेन्द्र कार्कीले जानकारी दिए ।
माङसेबुङ ६ पञ्चमी स्थित बाँझो स्वास्थ्य चौकीको हलमा बिहान ९ बजे देखि सञ्चालन भएको एक दिने शिविरमा बाँझो स्वास्थ्य चौकी र माङसेबुङ ६ वडा कार्यलय सहयोगी संस्थाकारुपमा रहेको थियो ।