adv

ब्रिगेड ब्वाइज एफसी बन्यो प्रथम भिसी ब्रदर्स फुटसलको च्याम्पियन

सजन राई ।

दमक । झापाको दमकमा भएको प्रथम भिसि ब्रदर्स सेमि भेट्रान्स फुटसल प्रतियोगिता २०८१ को पहिलो च्याम्पियन ब्रिगेड ब्वाइज एफसी  बन्न सफल भएको छ ।

दमक १ भाङबारीस्थित स्पा एनि फुटसलको खेल मैदानमा शुक्रवार सम्पन्न प्रतियोगिताको फाइनलमा दमक क्रिश्चियन युनाइटेडलाई १ का विरुद्द २ गोल गर्दै ब्रिगेडले उपाधि चुमेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ४औं मिनेटमा क्रिश्चियन युनाइटेडले प्रदिप राईको गोलसँगै अग्रता लिएको थियो । खेलको ७औं मिनेटमा ब्रिगेडका सन्दिप मगरले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए । पहिलो हाफको इन्जुरी समयमा ब्रिगेडका प्रदिप आङदेम्बेले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हापमा २-१ गोल अन्तर रहेको खेलको दोस्रो हाफमा दुवै टोलीका तर्फबाट कुनै पनि गोल हुन सकेन ।दुवै टोलिले पाएको अवसरहरुलाई सदुपयोग गर्न नसक्दा खेल २-१ को अन्तरमा सकिएको थियो ।

पहिलो सेमिफाइनल खेलमा ब्रिगेडले गौरिगञ्ज भेट्रान्स एफसीलाई निर्धारित समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टि सुटआउटमा २-१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने क्रिश्चियन युनाइटेडले ब्रदरहुड एफसिलाई २-१ गोल अन्तरले हराउदै फाइनल पुगेको थियो ।

विजेता ब्रिगेडले नगद ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता बनेका क्रिश्चियन युनाइटेडले नगद २५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
व्यक्तिगत विधातर्फ क्रिश्चियन युनाइटेडमा प्रदिप राईले हाइ स्कोरको उपाधि हात पार्दा सोहि टिमका अनिल राईले उत्कृष्ट खेलाडीको उपाधि पाए । त्यस्तै उत्कृष्ट गोल किपरमा ब्रिगेडका आयुस लिम्बू घोषित भए ।

विजेता खेलाडीहरुलाई कार्यक्रमका अतिथिहरु युवा व्यवसायी लुका राई, डाक्टर केशर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु