adv

कार्कीले पाए विश्वासको मत : काँग्रेस अनुपस्थित, राप्रपा तटस्थ

३१ बैशाख, विराटनगर ।


विवादित नाम पाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत प्राप्त भएको छ ।

सोमबार एमाले प्रदेशसभा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । उनलाई नेकपा एमालेको ४०, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ३ र जसपा नेपालको १ जना प्रदेशसभा सदस्यले मत दिएका हुन् ।

सोमबारको प्रदेशसभा बैठकमा ६२ जना सदस्य उपस्थित रहेकामा कार्कीले ५७ मत पाए भने एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित रहे । त्यस्तै राप्रपाका ५ जना प्रदेशसभा सदस्यले भने मतदानमा भाग लिएनन् । उनीहरु तटस्थ बसे ।

कार्कीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर गरेको काँग्रेसका २९ जना सदस्यहरु भने सोमबारको प्रदेशसभा बैठकमा अनुपस्थित रहे । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले पछिल्लो मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको अन्तिम सुनुवाई आउँदो जेठ ९ गते हुने तय भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक हुन्छ ।

कार्कीलाई गत बेशाख २७ गते प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कार्की यसअघि २०७९ पुस २४ गते र २०८० भदौ १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी २०७९ को निर्वाचनबाट निर्वाचित भएर आएदेखि यता तीन पटक मुख्यमन्त्री बनेका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु