३१ बैशाख, काठमाडौं ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट फिर्ता भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री सहित स्थास्थ्य मन्त्रीबाट राजीनामा दिएका हुन् । त्यस्तै, दिपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।
विकसित राजनीतिक परिस्थितिका कारण सरकारमा रहेर सहकार्य गर्न नसकिएको व्यहारो उल्लेख गर्दै जसपाका मन्त्रीहरुले संघीय सरकारको जिम्मेवारी छाडेका हुन् ।
जसपा नेपालको हालैको फुटलाई इंगित गर्दै प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रमबाटै आफूहरुले भर्खरै देखाइदिएको भन्दै भाषण गरेका थिए ।
जसपा नेपाल वृत्तमा दाहालको सो भनाईबाट जसपा नेपालको विभाजनमा उनको भूमिका रहेको आशंकासहित विरोध भइरहेको छ ।