१ जेठ, काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आउँदो आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सदनमा प्रस्तुत हुन अघि मङ्गलबार नै मन्त्रिपरिषद् बैठकबाट सरकारले सो नीति तथा कार्यक्रम पारित गरेको थियो ।
प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले आगामी आर्थिक वर्षमा रोजगारी वृद्धिलाई प्राथमिकतामा दिने, उत्पादन बढाएर आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्ने, आइटीमा पाँच हजार रोजगारी वृद्धि गर्ने, खेलकुद क्षेत्रको पूर्वाधार विकासमा जोड दिने, जलविद्युत उत्पादनको पूर्वतयारी सक्ने र निर्माण गर्ने लगायत महत्त्वकांक्षी योजना परेका छन् ।
सरकारले प्रस्तुत गरेको आ.व. २०८१/०८२ को पूर्णपाठ :