adv

पार्टी फुट अशोक राई समूहको स्वार्थ : जसपा नेपाल निष्कर्ष

३ बैशाख, दमक ।


जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टीभित्र सैद्धान्तिक वैचारिक मतभेदका कारण नभई अरुको इसारामा अशोक राई समूहले स्वार्थ पूर्तिका लागि पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ ।

बैशाख ३१ र जेठ १ गते सम्पन्न जसपा नेपालको केन्द्रीय समिति बैठकले राई र उनको समूहको यस कदमलाई पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशीता कमजोर बनाउने कदम भनेको हो ।

पार्टी अध्यक्ष देश बाहिर भएको समयमा गुट सिर्जना गरी पार्टी फुटाउने कार्यलाई धोका र अनैतिक कार्यको संज्ञा दिँदै जसपा नेपालले यसविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको हो ।

साथै, जसपा नेपालले तोकिएको पार्टी महाधिवेशन निर्धारित समय (जेठ २८, २९, ३० गते) मै सम्पन्न गर्ने जनाएको छ । महाधिवेशनको कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधि चयनको कार्यक्रमलाई अगाडि बढाउने जनाउ दिएको उसले प्रतिनिधि चयनको मापदण्डलाई सामान्य फेरबदल गरेको छ ।

विधानको धारा ८५ को उपधारा १ अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका लागि १० वर्ष सङ्गठित सदस्य हुनुपर्ने प्रावधानमा फेरबदल गरेर १ वर्ष कायम गरिएको हो ।

जसपा नेपाल केन्द्रीय समितिपछि जारी परिपत्रमा भनिएको छ – विधानको धारा १३९ बमोजिम १० वर्षको सट्टा १ वाषर्् कायम हुने गरी बाधा अडकाउ फुकाउने निर्णय गरियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु