adv

पुटिन र सीबीच हुने भेटवार्ता बारे विश्वको चासो

३ जेठ, दमक । (एजेन्सीहरुको सहयोगमा)


रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुँदैछ । दुई दिने भ्रमणका क्रममा चीन पुगेका रुसी राष्ट्रपति पुटिन र उनका समकक्षी सीबीच भेटावार्ता हुन लागेको हो ।

पुटिन र सीबीच औपचारिक भेट भएको छ । सीले पुटिनलाई स्वागत गरेका छन् ।

पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा बिहीवार बिहान बेइजिङ पुगेका बिबिसीले जनाएको छ ।

रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ औँ वार्षिकोत्सव पारेर दुई नेताबीच बिहीवार भेट हुन लागेको हो ।

उनीहरुका बचिमा रुस–चीन साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा छलफल हुने बताइएको छ । पुटिन र सीबिच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले महत्त्वका साथ हेरेका छन् ।

रुस र युक्रेनबिच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । चीनमाथि रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप छ ।

अमेरिका र उसका सहयोगी मुलुकहरूले युद्धकै कारण देखाउँदै रुसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि रुसको आर्थिक अवस्था सुधार्न चीनले सहयोग गरिरहेको अवस्था छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकी प्रयासमा एक्लिएको रुसमाथि चिनियाँ सहयोगको आलोचना पश्चिमा मुलुकहरुले गर्न थालेका छन् । हाल आएर चीनमाथि समेत विभिन्न दबाब बढाइएको अवस्था छ ।

तर, चीन आफूले भने रुसलाई कुनै पनि किसिमको सैन्य सहयोग नगरेको भन्दै ऊमाथि लागेका आरोपको खण्डन गर्दै आएको छ ।
बिगत २ वर्षदेखि जारी रुस–युक्रेन युद्ध बारे भने चीनले नकारात्मक प्रतिक्रिया दिएको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु