adv

सिरोहिया अस्पताल भर्ना

१२ जेठ, जनकपुर ।


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा राखिएका सिरोहियालाई उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछिस्वास्थ्य जाँचका लागि उनलाई शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि सिरोहियालाई प्रादेशिक अस्पताल लगिएको प्रहरी प्रशासनले जानाएको थियो ।

तर, प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि सिरोहियालाई काव्या अस्पताल लगिएको हो । उनको उपचार भइरहेको काव्या अस्पतालका डाक्टर एसके सिंहले जानकारी दिएका छन् ।

प्रहरीले धनुषा जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा मंगलबार कान्तिपुरको प्रधान कार्यालय थापाथली काठमाडौंबाट पक्राउ गरी सिरोहियालाई जनकपुर लगेको थियो ।

कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै शृंखलाबद्ध रिपोर्ट प्रकाशित गर्दैआएकाले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाले बताउँदै आएका छन् ।

धनुषा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासत राख्न शुक्रबार म्याद थप गरेको छ ।

सञ्चार संस्थाको कार्यालयमा ब्यापक प्रहरी परिचालन गरेर सिरोहियालाई पक्राउ गरिएपछि सो घटनाको ब्यापक विरोध भइरहेको छ । देशभित्रका र अन्तर्राष्ट्रिय संस्थाहरुले समेत घटना बारे चासो व्यक्त गर्दै शीघ्र रिहाइको माग गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु