१२ जेठ, दमक ।
केन्द्रीय सत्ता समीकरणको प्रमुख घटक नेकपा माओवादी केन्द्रले जनतासँग हातेमोलो अभियनज गर्दै एक घर एक लिची र कागती रोपण अभियान सञ्चालन गर्ने भएको छ ।
झापाको दमकमा आयोजना गरिने यस अभियानबाट एक लाख विरुवा रोपिने माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
दमकमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर माओवादी केन्द्रका झापा जिल्ला संयोजक राजु आचार्य अग्निले अभियान बारे जानकारी दिएका हुन् ।
देशमा भएको राजनैतिक परिवर्तनका मुख्य संबाहकको भूमिका निर्वाह आफ्नो पार्टीले गरेको र पार्टीका कार्यकर्तालाई उत्पादनसँग जोड्न झापा जिल्लाका १५ वटै पालिकामा फरक–फरक कार्यक्रम शुरु गरिएको बताएका थिए ।