adv

युनियन माई पश्चिमले मनायो ३३औँ स्थापना दिवस

१२ जेठ, दमक ।


नेपाल प्रेस युनियन झापा माई पश्चिम क्षेत्रीय समितिले संस्थाको ३३औँ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा युनियनले झापाको दमकमा एक कार्यक्रम आयोजना गरी संस्थाको टिसर्ट वितरण र शुभकामना आदान प्रदान गरेको हो ।

नेपाली काँग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा काँग्रेस महासमिति सदस्यहरु सुरेश सुब्बा, सत्यनारायण साह, महाधिवेशन प्रतिनिधि आइन्द्रबिक्रम केरुङ, नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, सदस्य विष्णु सुब्बा, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, प्रेस चौतारी नेपाल केन्द्रीय लेखा समिति सदस्य विष्णु पोख्रेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै स्वस्थ पत्रकारिता हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । पत्रकारले कुनै पनि पक्ष वा विपक्ष नहेरी निर्वाद कलम चलाउनु पर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रम युनियन झापा माई पश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

युनियन नेपाली काँग्रेस निकट पत्रकारहरु आबद्ध हुने पार्टीको शुभेच्छुक संगठन हो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु