adv

स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङको श्रम अभियान दोस्रो दिन

माङसेबुङ । सजन राई ।

“हप्ताको छ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि” भन्ने मूल नाराका साथ सुरु गरेको स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङको दोस्रो हप्ताको श्रमदान अभियान सम्पन्न भएको छ ।

प्रत्येक शनिवार सुरु गरेको श्रमदान अन्तर्गत समूहले दमक चिसोपानी(प्रस्तावित फाल्गुनन्द) राजमार्गको माङसेबुङ ३ लाक्तापा नवमी देखि मानपुर सडक खण्डको मर्मत तथा अस्थायी नाली निर्माण गरेको हो ।

अभियानमा सुरु देखि नै सहभागि भएका माङसेबुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्बाङ सहित शिक्षक, कर्मचारी, व्यापारी, सरोकारवाला तथा समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सडक निर्माणमा संघीय तथा प्रदेश सरकार चासो र लगानी, निर्माण कम्पनिको ढिलासुस्ति तथा उपभोक्ताहरुले पाइरहेको दुखको विषयमा सृजनात्मक दबाब कार्यक्रम रहेको सचेत समूहले बताए ।

लुम्बिनि गणपतिले २०७६ मा ठेक्का पारेको यो सडकको २०७५ असोजमा २६ वर्ष पछि कालोपत्रे शिर्षकमा समाचार आउदा स्थानीय हर्षित थिए । तर ४ पटक म्याद थप गरिएको यो सडकको अहिले ठेक्का खारेज भएको छ ।

स्थानीयहरु भन्छन् राजनैतिक संरक्षण पाएका निर्माण कम्पनिहरु ढुक्क छन् । काम जति ढिलो गरेपनि, गुणस्तरहिन गरेपनि कारबाही हुदैैन ।

२०८० फागुन २४ गते माङसेबुङ ३ स्थित चतुरे बजारमा गठित सचेत समूहले २०८१ जेठ ५ गते शनिवार श्रम अभियान सुरु गरेको हो ।

त्यसै गरी आउदो मंगलबार गणतन्त्र दिवसको अवसर पारेर १५ गते माङसेबुङ वडा नं. २, ३ र ६ को संगम स्थल धार्मिक तथा पर्यटकिय स्थल माङमालुङको पदमार्ग थाला चेप्पा पोखरी देखि मन्दिर परिसरसम्म सरसफाइ गर्ने कार्यतालिका रहेको र साझ शहिदहरुको सम्मानमा दिप प्रज्वलन कार्यक्रम रहेको सचेत समूहका सदस्य शंकर योङहाङले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु