१५ जेठ, काठमाडौं ।
(एजेन्सीको सहयोगमा)
रेमल चक्रवातले भारत र दक्षिणी बंगलादेशको तटीय क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको खबर छ ।
अन्तर्राष्टिय समाचार एजेन्सी एएफपीका अनुरसार रेमल चक्रवात आँधीका कारण मृत्यु हुनेमा बंगलादेशका १० र भारतका ६ जना छन् ।
एएफपीले बंगलादेशका विपद्मन्त्री मोहिबुर रहमानलाई उद्धृत गर्दै जनाइए अनुसार चक्रवातका कारण घरहरु डुबानमा पर्दा र भत्किँदा मानिसहरु मरेका हुन् ।
चक्रवातबाट बालबालिकासहित ८४ लाख मानिस प्रभावित भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
बीबीसीका अनुसार भारत र दक्षिणी बंगलादेशको तटीय क्षेत्रमा ११० किलोमिटर प्रति घण्टाको तीव्र आँधी, भारी वर्षा र ज्वारभाटा आएको थियो । भारी वर्षाका कारण तल्लो तटीय क्षेत्र पूरै डुबानमा परेका बताइएको छ ।
आँधीले स्थानीयका टिनका छाना उडाइदिएको र माटोले बनेका घरहरु भत्काइदिएको समाचारमा उल्लेख छ । आँधीका कारण रुख लडेका र बिद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको हो । आँधी र वर्षाको जोखिमका कारण तटीय क्षेत्रमा दुवै देशका स्थानीयले निक्कै समय विद्युत बन्द गरेका थिए ।