adv

१९ खर्ब हाराहारीको बजेट आउँदै

१५ जेठ, दमक ।


आज आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदैछ ।

आज दिउँसो ३ बजे बस्ने संयुक्त संघीय संसदको बैठक (राष्ट्रिय सभा र प्रतिनिधि सभा) मा सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् ।

१ बजेलाई तय गरिएको बजेट भाषणको कार्यक्रम मन्त्रिपरिषद् बैठक दुई घण्टा पछि सरेका कारण ३ बजेलाई सारिएको हो ।

सरकार पक्ष र प्रतिपक्षी काँग्रेसबीच सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका विषयमा छलफल चलिरहेकाले मन्त्रिपरिषद् बैठक पछि धकेलिएको थियो ।

संविधानमै जेठको १५ गते अनिवार्य बजेट ल्याउनै पर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आउँदो आ.व. का लागि १९ खर्ब हाराहारीको बजेट आउने छ ।

नयाँ कार्यक्रम भन्दा पुराना र क्रमागत आयोजनालाई प्राथमिकता राखेर त्यसको स्रोत सुनिश्चिततामा बजेटले जोड दिने बताइएको छ ।

करको दरमा हेरफेर हुनुपर्ने कारणसमेत उल्लेख हुनेगरी तीन महले राखेर करको दर हेरफेर बारे स्पष्ट पारिने अर्थ स्रोतले जनाएको छ ।

सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रवद्र्धन गर्न उत्पादन र निर्यातमा सहुलियत तथा अनुदान, स्टार्टअपलाई प्रोत्साहन, सूचना प्रविधि क्षेत्रको प्रवद्र्धन र सामाजिक सुरक्षाबापत हुने खर्चलाई न्यायिक बनाउने बताइएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो । यसअघि सरकारले यही जेठ १ गते नीति तथा कार्यक्रम ल्याएको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु