१५ जेठ, माङसेबुङ ।
इलामको माङसेबुङमा वडा स्तरीय भेट्रान्स प्रतियोगिता २०८१ हुने भएको छ । माङसेबुङ २ चित्रे स्थित डोलटार खेल मैदानमा जेठ १९ गते देखि २२ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
माङमालुङ चापेती फुटबल क्लब(एमसिएफसि)को आयोजनामा हुने प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै प्रतियोगिताको तिव्र तयारीमा रहेको क्लबका अध्यक्ष अशोक राईले जानकारी दिए । उनले ४० वर्ष प्लस उमेरका खेलाडीहरु बिचको प्रतियोगिता गर्नुको उदेश्य नै खेलकुद सँगै स्वास्थ्य रहनु बताए । अन्य खेलहरु भइरहन्छन् तर भेट्रान्स खेलाडीहरुको लागि हाम्रो तिर खासै प्रतियोगिता सञ्चालन नहुने भएकोले यो प्रतियोगिता प्रभावकारी हुने अपेक्षा रहेको बताए ।
उनका अनुसार भेट्रान्स फुटबल खेल आयोजना गर्नु पनि राष्ट्रको लागि एक प्रकारको योगदान नै हो । तर खेलाडीहरुले खेल सँगै समाज भने बुझ्न सक्नु पर्दछ ।
२०८० फागुन १२ देखि १४ गते सम्म १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको खेल मैदान भएकोले प्रतियोगिताको लागि उपयुक्त हुने साथै अहिले मैदानको आवश्यक मर्मत सम्भार गरिरहेको आयोजक बताउछन् ।
इन्ट्री शुल्क नलाग्ने यस प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छन् भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा माङसेबुङका ६ वटा वडाका ‘ए’ टिम साथै वडा नम्बर ६ र २ को ‘बि’ टिम सहित आठ टिमको सहभागिता रहने छ ।