२५ जेठ २०८१, शुक्रवार
सजन राई । दमक । झापाको दमक-१ मा रहेको दमक अस्पतालमा हाइड्रोसिलको नि:शुल्क उपचार सुरु भएको छ । अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले शुक्रवार दमक अस्पताल प्रशासनिक फाटमा पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिएका थिए ।
स्वास्थ्य निर्देशनालय कोशी प्रदेश र स्वास्थ्य शाखा झापाको संयुक्त आयोजना तथा दमक अस्पतालको समन्वयमा नि:शुल्क उपचार भइरहेको अस्पतालका सुचना अधिकारी डाक्टर अनुपम घिमिरेले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम जेठ २५ देखि असार २५ सम्म शनिवार बाहेक हप्ताको ६ दिन सञ्चालन हुनेछ । उनले दमक लगायत छिमेकी पालिकाका गरिब तथा निमुखा वर्गलाई लक्षित गरिएको र लाभान्वित संख्या अनुमानित १०० जना जति हुने बताए ।
भन्छन् लोकल एनेस्थेसिया तथा आंशिक बेहोस बनाउने प्रणालीका कारण यो छिटो हुने साथै खतरा भने हुने छैन ।
त्यसैगरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण शाहका अनुसार हाइड्रोसिल हर्निया बिग्रेर, क्यान्सर बिग्रेर साथै हात्ति पाइले रोगका कारण पनि हुने गर्दछ ।
महिनामा ६ देखि ७ जना सम्म यो समस्याका कारण अस्पताल आउने अस्पताल प्रशासन बताउछन् । यदि यो सेवा लिन चाहने बिरामीले सर्जरी, ओपिडी तथा प्रशासनमा सम्पर्क गर्न सकिने अस्पतालले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा दमक नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष राम थापा सहित सदस्यहरु दमक नगर उपप्रमुख रेगिना भट्टराई, दमक १ वडा अध्यक्ष हरि प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।