२६ जेठ २०८१, शनिवार
सजन राई । दमक । आइएमई लाइफ इन्स्योरेन्स कम्पनि दमक शाखामा आबध्द मनु एजेन्सि(एक्टिभ एजेन्सि) ग्रुपको आयोजनामा बिजिनेस ग्रोथ तथा स्किम वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार कमल-५ पाडाजुङ्गी स्थित रोड स्टार होटलको सभाहलमा चिफ एजेन्सि मेनेजर मनु साङपाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कम्पनिका कोशी प्रदेश उप-प्रमुख ओम प्रकाश राईले
कम्पनिको देशव्यापी तथा दमक ब्रान्चको ब्यापारको अवस्थाको विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा एजेन्सि ग्रुपका सर्वोकृष्ट व्यावसाय गरेका एजेन्सिहरु रुपा सेलिङ, विधा राई, झर्ना लक्सम, शर्मिला चापागाई, डम्बर कुमारी दाहाल र हेमकला न्यौपानेलाई सम्मानित गरेको थियो । त्यसै गरी उत्कृष्ट व्यावसाय गरेका एजेन्सिहरु सबिना पौडेल, दिपा सम्बाहाम्फे, बिनु कार्की र कमल कुमारी राई पनि सम्मानित भएका छन् ।
चिफ एजेन्सि मेनेजरहरु उर्लाबारी शाखाकी हेमकला न्यौपाने, इलाम शाखाकी रिता साङपाङ, काकरभिट्टा शाखाकी शर्मिला चापागाई लगायतले कार्यक्रममा अनुभव सेयर तथा शुभकामना मन्तव्य राखेकी थिइन् ।
कार्यक्रमको सञ्चालन गरेको दमक शाखा प्रमुख ङिमा शेर्पाले दमकका एक मात्र चिफ एजेन्सि मेनेजर मनु साङपाङले एकल प्रयासमा यति उत्कृष्ट कार्यक्रम गर्नु तारिफयोग्य रहेको बताए ।
मनु साङपाङ भन्छिन् ” यो प्रोगाम गर्नु अति आवश्यक थियो । यसले बिनिजेस बढ्नेमा म लगायत कम्पनि ढुक्क छौ । यो व्यावसायमा म मात्र हैन म सँगै तिमि पनि अगाडी आउ भन्ने मूल मान्यता रहेको छ । यसले आर्थिक सँगै सामाजिक रुपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।”