adv

जसपा नेपालको पदाधिकारी र सदस्यका लागि योग्यता र फरक–फरक दस्तुर निर्धारण

२७ जेठ, जनकपुरधाम ।


जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय एकताको महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य पदका उम्मेद्वार हुन योग्यता निर्धारण गरिएको छ ।

जेठ २८, २९ र ३० गते जनकपुरमा सम्पन्न हुने महाधिवेशनमा पदाधिकारी र सदस्य पदका उम्मेदवार हुनेका लागि योग्यता निर्धारण गरिएको हो ।

केन्द्रीय समितिको पदाधिकारी उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेश र राष्ट्रिय समितिको अध्यक्ष भई कम्तिमा पाँच वर्ष काम गरेको हुनुपर्ने छ ।

त्यस्तै केन्द्रीय सदस्य पदको उम्मेदवार हुन सङ्गठित पार्टी सदस्य भई कम्तिमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेश र राष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्ने छ ।

महिला, दलित, श्रमिक, मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेश र राष्ट्रिय समिति वा जनवर्गीय सङ्गठनका केन्द्रीय समितिका पदाधिकारी भई काम गरेको भए पुग्ने बताइएको छ ।

जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको विधानअनुरूप नै केन्द्रीय पदाधिकारी र सदस्य हुनका निम्ति योग्यता निर्धारण गरिएको हो । ‘महाधिवेशन प्रतिनिधिमा पनि उम्मेद्वारी दिन इच्छुक भएमध्येबाट विधानतः योग्यता पुगेकाहरुले मात्रै उम्मेद्वारी दिदाँ मनोनयन र निर्वाचनका आन्य प्रक्रिया सहज हुने विश्वास छ’, उनले भने ।

मनोनयनका लागि फरक–फरक दस्तुर

जसपा नेपालको प्रथम राष्ट्रिय एकताको महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्नका लागि फरक–फरक दस्तुर निर्धारण गरिएको छ ।

जसपा नेपाल प्रथम एकताको महाधिवेशन निर्वाचनका लागि तयार गरिएको निर्देशिकामा केन्द्रीय पदाधिकारी र सदस्य पदका उम्मेद्वार हुन फरक–फरक दस्तुर तोकिएको हो ।

केन्द्रीय निर्वाचन समितिले अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाईसात हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्म्मेदवारको लागि पाँच हजार दस्तुर तोकेको हो भने केन्द्रीय सदस्य पदका उम्मेदवारले उम्मेद्वारी मनोनयनमा तीन हजार मनोनयन दस्तुर बुझाउनु पर्ने उल्लेख छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु