adv

जसपा नेपालको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश, समूहगत छलफलपछि सुझावसहित पारित हुने

२९ जेठ, जनकपुरधाम ।


जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेश भएको पार्टीको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सुरु भएको छ ।

मंगलबार बिहान ९ बजेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द यादवले १९ बुँदामा समेटिएको ३१ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेसँगै समूह विभाजन गरेर खाना समयका लागि बन्दसत्र स्थगन गरिएको थियो ।

करिब तीन घण्टा लगातार प्रतिवेदन वाचन गरेका अध्यक्ष यादवले त्यसपछि जसपा नेपालका कार्यकारिणी सदस्य लालबाबु राउतलाई वाचन गर्ने जिम्मा दिएका थिए ।

‘राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका लागि १० वटा समूह विभाजन छ । प्रत्येक समूहका १२० जना प्रतिनिधि सहभागी रहेका छन् । समूहगत छलफलपछि प्रतिनिधिहरुको तर्फबाट आवश्यक सुझावसहित प्रतिवेदन पारित हुन्छ’, जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले भने ।

राजनीतिक प्रतिवेदनपछि क्रमशः विधान संशोधन, लेखा परीक्षण प्रतिवेदन प्रस्तुत हुने नेता चेम्जोङको भनाइ छ ।

महाधिवेशनको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरुको ब्यापक सहभागिता रहेको छ । महाधिवेशनको बन्दसत्रस्थल भरिएकोछ । मध्यान्ह १२ बजेसम्ममा साढे १२ सय ५१ जना प्रतिनिधिले उपस्थिति गराएका छन् । प्रतिनिधि संख्या १३ सय हाराहारी रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो राष्ट्रीय महाधिवेशनामा भोलि बुधबार केन्द्रीय समिति चयनको लागि निर्वाचन कार्यक्रम तय गरिएको छ ।

राजनीतिक प्रतिवेदनको पूर्णपाठ :

राजनीतिक प्रतिवेदन 2081.02.22

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु