adv

नेपाली समाजका मुख्य तीन वटा अन्तरविरोध : जसपा नेपाल

२९ जेठ, जनकपुरधाम ।


जनता समाजवादी पार्टी नेपालले नेपाली समाजमा मुख्य तीन वटा अन्तरविरोध रहेको जनाएको छ ।

जसपा नेपालको जारी एकताको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपाली समाजको अन्तरविरोधलाई केलाइएको छ ।

‘पहिलो, श्रमजीवी वर्ग र दलाल, आसेपासे तथा पुँजीवादीबीचको अन्तरविरोध, दोस्रो, उत्पीडित राष्ट्रियताहरु र एकल जातीय अहंकारवाद एवम् नश्लवादबीचको अन्तरविरोध र तेस्रो दुई ठूला छिमेकी मुलुकहरुको बीचमा रहेको विशेषतः भू–राजनीतिक अवस्थिति र वित्तीय पुँजीवाद, क्षेत्रीय तथा वैश्विक शक्तिहरुबाट भएको नियन्त्रण र हस्तक्षेपको प्रयास’ प्रतिवेदनमा उल्लेख छ ।

जसपा नेपालले यी मुख्य अन्तरविरोधहरुलाई हल गर्नुपर्ने प्रतिवेदनमा दर्साइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु